१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छः अध्यक्ष दाहाल



अ+ अ-

पर्वत।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताउनुभएको छ ।

‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा आज पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा माओवादीले कसैको सहारा नलिने बताउनुभयो । अबको निर्वाचनमा माओवादी आफ्नै तागतले उभिने उहाँको भनाइ छ ।

हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको जनजागरण अभियानमा देखिएको जनताको उत्साहले आफू पनि उत्साहित भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी नेतृत्वमा आए सुशासन कायम हुन्छ र भ्रष्टाचारको अन्त्य हुन्छ भन्नेहरु धेरै भेटेका छौँ । हामी अहिले जनतासँग साक्षात्कार गरिरहेका छौँ, पार्टीलाई मजबुत बनाउँदै कार्यकर्तालाई एकत्रित गरिरहेका छौँ ।”

समाजवादी मोर्चाले सरकारलाई सच्चिन र मुलुकको हितमा काम गर्न खबरदारी गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । जनसंवादमा जिल्लास्थित पत्रकार, उद्योगी व्यवसायी, शिक्षक, स्वास्थ्य तथा सामाजिक सङ्घसंस्थाका प्रमुखहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए । सो अवसरमा सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको थियो । रासस