१९ माघ २०८१, शनिबार
,
Latest
एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार नसकिँदै आधाभन्दा बढी रोपाइँ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि भएको छ । भदौ पहिलो हप्तासम्म हुने रोपाइँलाई राम्रै मान्ने गरिएको छ ।

समयमा मनसुन सुरु भएको र रासायनिक मल पहुँच र सिँचाइका कारणले ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । १० दिनमा मात्र रोपाइँमा २५ प्रतिशतले वृद्धि भएको छ । असार १५ गतेसम्म ३५.४८ प्रतिशतसम्म मात्र रोपाइँ भएको थियो भने असार २२ गतेसम्म ६०.६३ प्रतिशत रोपाइँ भइसकेको छ ।

कुल क्षेत्रफलमध्ये १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ तर यसपटक त्यसमध्ये आठ लाख ३१ हजार ६१२ हेक्टरमा धान रोपाइँ भइ सकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार २२ गतेसम्म ६०.६३ प्रतिशत रोपाइँ भइसकेको छ जबकि गत वर्ष २३.८० प्रतिशत रोपाइँ मात्र भएको थियो । अर्थात हालसम्म गतवर्षको तुलनामा ३६.८३ प्रतिशत बढी धान रोपाइँ भएको छ ।

विगतको तुलनामा तराईमा पनि रोपाइँमा निकै वृद्धि भएको छ । गत वर्ष यस बेलासम्म ९.७९ प्रतिशत मात्र रोपाइँ भएको थियो भने अहिले ५०.३३ प्रतिशत रोपाइँ भइसकेको छ । त्यस्तै, प्रदेश १ मा ५१.५४, प्रदेश ३ मा ५२.०२, गण्डकीमा ५६.४९, प्रदेश ५ मा ७५.४८, कर्णाली प्रदेशमा ७९.७५, सुदुरपश्चिम प्रदेशमा ७५.८६ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिनुभएको छ ।

हालसम्म सबभन्दा बढी तराईमा ६२.३८ प्रतिशत रोपाइँ भइसकेको छ, जबकि असार १५ गतेसम्म ३४.३४४ प्रतिशत मात्र रोपाइँ भएको थियो । उच्च पहाडी भेगमा ५७.३४ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै मध्य पहाडमा ५६.१४ प्रतिशत रोपाइँ भएको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।