९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ



अ+ अ-

काठमाडौं। नेपालमा गैरकानूनी रहेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को संगठित रूपमा कारोबार तथा अनलाईन स्क्याममा संलग्न रहेको अभियोगमा ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरा, कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा भिमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाई, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं वानेश्वर बस्ने २२ वर्षीय सत्यम कुमार सहनी, भारत प्रतापपट्टी साहेवगंज बिहार घर भई काठमाडौं महानगरपालिका-२५ बस्ने २७ वर्षीय रेशन कुमार र भारत पूर्वी चम्पास बिहार घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् ।

उनीहरूको साथबाट नगद ५ लाख ५० हजार रूपैयाँ, कम्प्युटर २ थान, मोबाइल १३ थान र विभिन्न बैंकको चेक १९ थान प्रहरीले बरामद गरेको छ । उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोवार गर्ने गरेको, विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारीक व्यक्ति भनि निजहरूको ओटिपि/पिन माग गरी अनाधिकृत रूपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पुर्‍याई रकम ठगी गर्ने गरेको, विभिन्न सामाजिक संजालमा अनलाईन जब, अनलाईन ग्याम्बलिङ आदी जस्ता आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाई साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटमा पहुँच पुर्‍याई निजहरूको रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यसैगरी ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने, विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरुको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूमा खाता खोल्न लगाई उक्त खाता आफुले प्रयोग गर्ने र प्रयोग गरे बापत निश्चित रकम दिने गरेको र यस्ता खाताहरूमा अनलाईन ठगी बाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरीद बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको खुल्न आएको छ । हालसम्म उनीहरूले ३ अर्ब भन्दा बढी रकम ठगी गरेको समेत खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।