१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही र चिनका समकक्षी गुओहोङबिच भेटवार्ता



अ+ अ-

काठमाडौँ । चीन भ्रमणमा रहनु भएका नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही र चीनको राष्ट्रिय वन तथा घाँसे मैदान मन्त्री लिउ गुओहोङबिच भेटवार्ता भएको छ ।

सोशिक्रममा मन्त्री शाहीले नेपाल र चीनको पुरानो, मैत्रीपूर्ण र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहेको साथै चीन घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकीको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिएको बताउनुभयो ।

नेपाल सधैं एक(चीन सिद्धान्तको समर्थनमा छ र सधैं त्यसप्रति प्रतिबद्ध र दृढ रहने विश्वास व्यक्त गर्दै हामी नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति चीनको सम्मानको कदर रहिरहँने उहाँको भनाई छ ।

नेपाल सरकारले जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्यको विषयवस्तुमा सगरमाथा संवाद (चोमोलुङमा संवाद) मा चिनियाँ विज्ञान प्रतिष्ठानका विज्ञहरूसँगै चीनबाट उच्चस्तरीय सहभागिता रहेकोमा धन्यवाद दिनु भएको छ ।

यस्तै, मन्त्री शाहीले वन आधारित सुगन्धित उद्योगहरू स्थापना गर्न, काठ प्रशोधन, बाँस र बेत उत्पादनहरू विकास, वन्यजन्तु खेती, नेपालका विभिन्न भागहरूमा प्रशोधन उद्योगहरू बढाउन विशेष गरी वन(आधारित साना र मध्यम आकारका उद्यमहरू स्थापना गर्न र भक्तपुरको सूर्यविनायकमा चिडियाखाना स्थापना गर्न , काठमाडौँको जावलाखेलमा अवस्थित केन्द्रीय चिडियाखानाले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यानको रूपमा परिकल्पना गरिएको र वन्यजन्तु संरक्षण, अनुसन्धान र सार्वजनिक शिक्षाको लागि आधुनिक केन्द्रको रूपमा काम गर्ने भएकोले सहयोगको प्रस्ताव राख्नु भएको छ ।

यस्तै, उहाँले जलवायु परिवर्तनको अनुसन्धान सञ्चालनमा चिनियाँ विज्ञान प्रतिष्ठान र विशेष गरी तिब्बती अनुसन्धान संस्थानको संयुक्त सहयोग र नेपाली विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गरेकोमा चीन सरकार लाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । साथै, चीनको वनमन्त्री गुओहोङलाई नेपाल भ्रमणका लागी निमन्त्रणा गर्नु भएको छ ।