२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

विनियोजन विधेयक माथिको छलफल सकियो

विनियोजन विधेयक माथिको छलफल सकियो
अ अ+ अ-

मकवानपुर। बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्घान्त र प्राथमिकता सम्बन्ध (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ ।

बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विधेयकबारेको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै वित्तीय अनुशासन कायम गरी प्रदेशका विभिन्न बहुवर्षीय योजना, भौतिक पूर्वाधार र कृषि उत्पादन गर्न तथा निजी क्षेत्रका उद्यमीलाई लगानी मैत्री बनाउन नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।

बैठकमा सो विधेयक माथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका सदस्यहरुले भाग लिँदै सरकारले ल्याएको नीति तथा कार्यक्रममा करको दरमा केही हेरफेर गर्ने प्रस्तावलाई पुनःसमीक्षा गरेर करको दर साविककै दरमा राख्नुपर्ने सुझाव दिएका थिए ।

प्रदेशसभा सदस्यहरुले प्रदेशमा सुशासनको ग्यारेन्टी गर्नुपर्ने तथा बहुवर्षीय योजनालाई समयमै कार्यान्वयन गर्र्नुपर्नेमा जोड दिए । सङ्घीय सरकारको स्वामित्वमा रहेको विभिन्न उद्योगलाई सरकारले निजीकरण गर्ने निर्णय गरेकाले अब प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर प्रदेशभित्र रहेका ती उद्योगलाई प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सरकारको नीति तथा कार्यक्रमा उल्लेख भएअनुसार निजी क्षेत्रलाई लगानी मैत्री बनाउनुपर्ने र कृषि उत्पादन वृद्घि गर्न तथा बाह्य मुलुकबाट खाद्यान्न, हरियो तरकारी र गेडागुडी आयातमा न्यूनीकरण गर्न नीति तथा कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने खालको हुनुपर्ने उहाँहरुको सुझाव थियो । त्यसैगरी प्रदेशको विभिन्न जिल्लामध्ये केही हिमाली जिल्ला र पर्यटन क्षेत्रलाई विस्तार गर्न सकिने किसिमका योजनालाई चरणवद्घ रुपमा बजेट विनियोजिन गर्न उहाँहरुले सरकारसँग आग्रह गर्नुभयोे ।

विभिन्न जिल्लामा सहकारी अपचलनबाट पीडित भएका सर्वसाधारणलाई निकास दिने र कल्पिक उपायको अवलम्बन गरी पीडितले सहकारीमा जम्मा गरेको रकम फिर्ता गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिनुभयो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट सन्देशसहित प्रदेशसभामा फिर्ता आएको ‘प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि’ विचार गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो । उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो ।

विनियोजन विधेयक माथिको छलफलमा प्रदेशसभाका सदस्यहरु रमेशकुमार महत, डम्बर तामाङ, रामप्रसाद ढुङ्गाना, प्रेमबहादुर पुलामी, दीपेन्द्र श्रेष्ठ, समिता खड्की, कुमारी तामाङ, विन्दु श्रेष्ठ, आशा लामा, सकुन्तला श्रेष्ठ, धनेश्वरी प्रजापति, रत्नप्रसाद ढकाल, युवराज चौलागाईं र उद्धव थापा सहभागी हुनुहुन्थ्यो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्काे बैठक यही जेठ १४ गते अपराह्न १ बजे बस्नेगरी आजको बैठक स्थगित गर्नुभएको थियो । रासस