३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा सेरेस ३ को लन्च भएसँगै विश्वभरी बिस्तार हुँदै सेरेस



अ+ अ-

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ।

चीनबाट पूर्णरूपमा आयात गरिएको यो गाडीलाई एडिसन ईभी कम्पनी लिमिटेड मार्फत थाई बजारमा उपलब्ध गराइएको हो। यस कम्पनीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाईल्याण्डका लागि एक मात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ।

सेरेस ३ दुई भेरियन्टमा उपलब्ध छ जस अनुसार सेरेस ३ कम्फर्ट – मूल्य: ६,७०,००० थाई भाट र सेरेस ३ कम्फर्ट सनरुफ – मूल्य: ६,९९,९०० थाई भाटरहेको छ ।

एडिसन ईभीकि डिलर नेटवर्क डेभलपमेन्ट म्यानेजर तञ्जिरा पुरिटपुट्टिफनका अनुसार कम्पनीले थाईल्याण्डमा एउटा केन्द्रीय शोरूम स्थापना गर्ने तयारी गर्दैछ र स्थानीय साझेदारहरूसँग मिलेर विद्युतीय सवारीको बजार विस्तार गर्ने योजनामा छ। कम्पनीको सन् २०२५ भित्र देशभर ३० वटा डिलर खोल्ने र एक वर्षमै १,००० युनिट बिक्री गर्ने लक्ष्य रहेको छ।

यो कदमले डीएफएसके र सेरेसको दक्षिणपूर्वी एसियामा बजार विस्तार गर्ने योजनामा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ। सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ। सहज प्रयोग, सहरमैत्री सुविधा र उपयुक्त मूल्यका कारण सेरेस ३ थाई बजारमा प्रभावकारी ढङ्गले अगाडि बढ्ने अपेक्षा गरिएको छ।

सेरेस सेतो, रातो, निलो, कालो र खरानी गरी पाँचवटा रङहरूमा उपलब्ध छ। भित्री भागमा भने ग्राहकहरूको रुचिअनुसार रोज्नका लागि कालो र खैरो गरी दुईवटा विकल्प रहेका छन्।

थाईल्याण्डमा भएको यो सुरुवातलाई सेरेसको ग्लोबल ईभी रणनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। एडिसन ईभी जस्ता अनुभवी साझेदारको साथमा यस ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लैजान खोजेको देखिन्छ।