२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल



अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

पर्यटन मन्त्रालयमा आज भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे गहन छलफल भएको थियो । मन्त्री पाण्डेले युनेस्कोको मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको जानकारी गराउँदै, सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताउनुभयो ।

साथै, लुम्बिनीलाई स्थायी रुपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

युनेस्कोका प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तरराष्ट्रिय वैज्ञानिक समितिको बैठकमा लुम्बिनीसहित काठमाडौँका विषयमा सकारात्मक छलफल भएकामा सन्तोष व्यक्त गर्नुभयो ।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत तथा अन्य सम्भावित सम्पदालाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गर्नुभयो । साथै, लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिबारे जानकारी गराउनुभयो । रासस