३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मनीषा कोइरालाले हेरिन् ‘ऊनको स्वीटर’, अन्य विशिष्ट व्यक्तिहरूद्वारा पनि मुक्तकण्ठले प्रशंसा: रोकिएन व्यापारको रफ्तार

मनीषा कोइरालाले हेरिन् ‘ऊनको स्वीटर’, अन्य विशिष्ट व्यक्तिहरूद्वारा पनि मुक्तकण्ठले प्रशंसा: रोकिएन व्यापारको रफ्तार
अ+ अ-

काठमाडौं – नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले सफलताका साथ दोस्रो हप्ता पूरा गर्दै तेस्रो सातातर्फ प्रवेश गर्न लागेको छ । वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जितिरहँदा बुधवार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा समेत कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखियो ।

विशेष शोमा बलिउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालादेखि चर्चित अभिनेता एवं क्याप्टेन विजय लामा, नाजिर हुसेन, गायक राजेश पायल राई, आनन्द कार्की, संविधानविद् डा. भीमार्जुन आचार्य, नेतृ नबिना लामा, डा. लोचन रिजाल, पत्रकार दिलभुषण पाठक र अमन प्रताप अधिकारीले चलचित्र हेरेर आफ्ना गहकिला प्रतिक्रिया दिए । उनीहरूले ‘ऊनको स्वीटर’ले नेपाली समाजको विविधता, प्रेम र परम्परालाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

अभिनेत्री मनीषा कोइरालाले चलचित्रको खुलेर प्रशंसा गर्दै भनिन्, “ऊनको स्वीटर हेरेँ । कति सुन्दर र मन छुने प्रेमकथा ! जातीय सीमाहरू पार गरेर गरिने माया, सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने सङ्गीत अनि सशक्त अभिनयले यो चलचित्र अविस्मरणीय बनाएको छ । हामी हाँस्यौँ, रोयौँ, र नेपालभित्रको विविध आत्माको सुन्दरता अनुभव गर्‍यौँ ।”

गायक राजेश पायल राईले भने, “चलचित्र अत्यन्त मीठो बनेको छ। निर्देशकको काम उत्कृष्ट छ भने कलाकारहरुको अभिनय उल्लेखनीय छ । यस्ता सुगन्धित फूलजस्ता प्रेमकथाले नेपाली सिने उद्योगमा गर्व गर्न लायक काम हुँदैछ ।”

अभिनेता तथा पाइलट विजय लामाले चलचित्रको कथा र निर्देशनको प्रशंसा गर्दै दर्शकलाई हलमै गएर अनुभव गर्न आग्रह गरे । “यसका निर्देशक अमेजिङ स्टोरीटेलर हुन् । फरक ढङ्गको अर्ग्यानिक कथा बोकेको यो चलचित्र सहरमा बस्ने हाम्रा लागि अनिवार्य हेर्नु पर्ने चलचित्र हो,” उनले भने ।

अभिनेता नाजिर हुसेनले भने चलचित्रले पुराना दिनहरूको सम्झना दिलाएको बताए । “चलचित्र न्यानो छ, कोमल छ । पुरानो समयको न्यानोपन फेरि बाँचेजस्तो लाग्यो । कलाकारहरूको अभिनयले दिल नै चोरेर लैजान्छ,” उनले प्रतिक्रिया दिए ।

गायक आनन्द कार्कीले चलचित्रको हरेक कुराले दिल छोएको बताए । कार्कीले ‘ऊनको स्वीटर’को गीत सङ्गीत पनि अत्यन्त उच्च स्तरको रहेको जनाए ।

संविधानविद् आचार्यले चलचित्रमा कलाकारको अभिनय, संवाद, यसका दृश्यहरू अति नै प्राकृतिक भएकोले हेर्दाहेर्दै आफ्नै जस्तो लागेको बताए । “विगतसॅंग नोष्टाल्जिक हुन्छ । अटो भरेको दृश्यले बालापनको याद गराउॅंछ । चार-पाँच वटा भरिएका अटोहरू आज पनि मसॅंग सुरक्षित छन्,” उनले भने, ” विपिनहरू त अभिनयका बादसाह नै हुन् । मलाई त यो चलचित्रमा सबै भन्दा उत्कृष्ट, जीवन्त र प्राकृतिक अभिनय चलचित्रकी ‘फूल’ अर्थात् मिरूना मगर बहिनीको लाग्यो । नेपाली सिनेमाको जय !”

नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यो चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि उत्कृष्ट व्यापार गरिरहेको छ ।