१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः प्लेअफ खेल्ने चारै टोलिको टुंगो लाग्यो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) अन्तर्गत प्लेअफ खेल्ने चार टोलिको टुंगो लागेको छ ।

समूह चरणका ६३ खेल सकिएपछि मात्र ४ प्लेअफ टोलीहरू पक्का भएका हुन् ।

हिजो (बुधबार)मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै प्लेअफमा आफ्नो स्थान पक्का गर्यो । यो हारसँगै दिल्ली छैटौं र अन्तिम टोली बनेको छ जो समूह चरणबाटै बाहिरियो ।

हालसम्मको अंकतालिका अनुसार गुजरात टाइटन्स १२ खेलबाट १८ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । यस्तै, समान खेलबाट १७–१७ अंकका साथ रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, मुम्बई इन्डियन्स १३ खेलबाट १६ अंकका साथ चौंथो स्थानमा रहेको छ ।

ओरेन्ज क्याप लिडर
गुजरातका साई सुदर्शन प्रतियोगिताको सर्वाधिक स्कोरर छन् । उनले १२ खेलमा ६१७ रन बनाएका छन् । यस्तै, गुजरातकै शुभमन गिल ६०१ रनका साथ दोस्रो स्थानमा छन् । बुधबार, मुम्बईका सूर्यकुमार यादव ७३ रन बनाएर तेस्रो स्थानमा पुगे । उनको नाममा ५८३ रन छन् ।

पर्पल क्याप लिडर
गुजरातका तीव्र गतिका बलर प्रसिद्ध कृष्ण जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । उनले १२ खेलमा २१ विकेट लिएका छन् । चेन्नईका स्पिनर नूर अहमदले पनि २१ विकेट लिएका छन् । मुम्बईका ट्रेन्ट बोल्ट १९ विकेटसहित तेस्रो स्थानमा छन् ।