२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कियो



अ+ अ-

काठमाडौं। आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट पार गर्दै पहिलोपटक ग्लोबल छनोटमा पुगेको नेपाली महिला क्रिकेट टोली बुधबार साँझ स्वदेश फर्किएको छ।

त्रिभुवन विमानस्थलमा क्यान सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा लगायतले टोलीलाई स्वागत गरे। कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले यो उपलब्धिलाई ऐतिहासिक भन्दै आगामी दिनमा अझ कडा मेहनत गर्नुपर्ने बताए।

नेपालले सोमबार युएईलाई हराएर ग्लोबल छनोटमा स्थान बनाएको थियो। समूह चरणमा बहराइनलाई दुईपटक हराए पनि हङकङसँग पराजित भएको नेपाल सुपर ३ मा पुगेको थियो। सुपर ३ मा युएईलाई हराउँदै थाइल्याण्डसँग पराजित भएको नेपाल एसिया छनोटको उपविजेता बनेको हो।