५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कियो



अ+ अ-

काठमाडौं। आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट पार गर्दै पहिलोपटक ग्लोबल छनोटमा पुगेको नेपाली महिला क्रिकेट टोली बुधबार साँझ स्वदेश फर्किएको छ।

त्रिभुवन विमानस्थलमा क्यान सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा लगायतले टोलीलाई स्वागत गरे। कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले यो उपलब्धिलाई ऐतिहासिक भन्दै आगामी दिनमा अझ कडा मेहनत गर्नुपर्ने बताए।

नेपालले सोमबार युएईलाई हराएर ग्लोबल छनोटमा स्थान बनाएको थियो। समूह चरणमा बहराइनलाई दुईपटक हराए पनि हङकङसँग पराजित भएको नेपाल सुपर ३ मा पुगेको थियो। सुपर ३ मा युएईलाई हराउँदै थाइल्याण्डसँग पराजित भएको नेपाल एसिया छनोटको उपविजेता बनेको हो।