२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

बागमती प्रदेशसभा: विनियोजन विधेयकमा छलफल सुरु

बागमती प्रदेशसभा: विनियोजन विधेयकमा छलफल सुरु
अ अ+ अ-

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) विधेयक माथि छलफल सुरु भएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गत मङ्गलबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमा विभिन्न शीर्षकअन्तर्गत २९ बुँदाको विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गर्नुभएको थियो ।

सो बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी प्रदेशसभाका २७ जना सदस्यहरुले छलफलमा भाग लिनुभएको थियो । उहाँहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुको बोलीवचन र व्यवहारमा एकरूपता नहुँदा प्रदेशमा सुशासनको भूमिकालाई उपहास गरिएकाले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सरकारद्वारा प्रस्तुत विनियोजन विधेयकमा पूर्वाधार क्षेत्रको विकास, राजस्व सङ्कलन, आन्तरिक आयमा अभिवृद्धि, संविधान र प्रादेशिक योजनको कार्यान्वयन, विनियोजन कुशलता, कार्यान्वयन दक्षता, वित्तीय अनुशासन र सङ्घीय प्रणालीको सवलीकरणमा सरकारले इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइयो ।

प्रदेशसभा सदस्यहरुले सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा पारदर्शी, निष्पक्षता र दलगत स्वार्थबाट माथि उठेर योजना बैंकमार्फत आएका विभिन्न योजनाको छनोट गरी बजेट वितरण गरिएमा मात्र सरकारको लक्ष्य पूरा गर्न सकिने बताउनुभयो । उहाँहरुले कृषि उत्पादन, पर्यटन विकासको विस्तार र औद्योगिक क्षेत्रलाई विस्तार र प्रवर्द्धन गरी बेरोजगार युवालाई सीपमूलक तालिम दिइ स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन सरकारले गुरुयोजना तयार गरी लागू गर्न सुझाव दिनुभयो ।

उक्त विधेयक माथि छलफलमा डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रप्रसाद पौडेल, गोविन्द लम्साल, गङ्गानारायण श्रेष्ठ, आशा लामा, दीपेन्द्र श्रेष्ठ, डम्बर लामा, कुमारी मुक्तान, लक्ष्मी घिमिरे, शिवराज अधिकारी, राधिका तामाङ, रमेशकुमार महत, कञ्चन चन्द्रबादे, रत्नप्रसाद ढकाल, उर्मिला सुनवार, भारती पाठक, सृजना सैँजु, उमेश बाँस्कोटा, केशवप्रसाद पोख्रेल, मातृका भट्टराई, प्रभात तामाङ, गीता काफ्ले, आनन्दकुमार श्रेष्ठ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसी, सुरेन्द्र गोरसाईं र उद्व थापाले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले प्रदेशसभाको अर्काे बैठक भोलि जेठ ८ गते दिनको ११ बजे बस्नेगरी आजको बैठक स्थगित गर्नुभएको थियो । रासस