३० असार २०८३, मंगलवार
,
Latest
सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज : सर्वोच्चको फैसलालाई पत्रकार महासंघको स्वागत अस्थायी तथा करार कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्नाः सेवा निरन्तरता र सर्वोच्चको फैसला कार्यान्वयनको माग सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही हुने सरकारको प्रतिवद्धता संविधानले दिएका आदिवासी जनजातिको अधिकार जोगाउनु नै अहिलेको प्राथमिकताः वरिष्ठ अधिवक्ता शाक्य यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर शङ्कास्पद पार्किङ प्रकरणमा छानबिन हुनुपर्ने रास्वपा सभापति लामिछानेको माग विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउन उपकुलपतिहरूको प्रतिबद्धता, ७ दिनभित्र सुधार कार्ययोजना पेस गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरका दुर्गम भेगमा नि:शुल्क स्वास्थ्य शिविर



अ+ अ-

भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै नि:शुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ ।

अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका अनुसार गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन भएका छन् । नि:शुल्क सेवा पाउँदा खुसी लागेको अरुण गाउँपालिका–७ का स्थानीय जगत श्रेष्ठले बताउनुभयो । “भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन सकेका थिएनौँ, नि:शुल्क स्वास्थ्य शिविरमार्फत उपचार गर्न पायौँ”, उहाँले भन्नुभयो ।

वडाकोको समन्वयमा गोर्खा वायलफेर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास्थ्य बिमाबापत वार्षिक रु तीन हजार ५०० मध्ये रु दुई हजार ५०० वडाले र बाँकी रु एक हजार नागरिक स्वयंले व्यहोर्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । रासस




भर्खरै