११ श्रावण २०८३, सोमबार
,
Latest
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता देवानगञ्ज घटनाको मानव अधिकार आयोगले अनुसन्धान गर्ने नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर ज्यान गुमाएका दुई महिलाको शव परिवारलाई बुझाइयो



अ+ अ-

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका–३ स्थित टोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएका दुई महिलाको शव परिवारलायृ बुझाइएको छ ।

सोमबार घाँस काट्ने क्रममा लडेर मृत्यु भएका स्थानीय ६२ वर्षीया श्रीमाया राना र २६ वर्षीया खिमसरा मगरको शव आज परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

वनमा घाँस काट्न गएका दुई महिला अबेरसम्म नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा श्रीमाया सालको रुखमा र खिमसरा वनमाराको झ्याङमा अड्किएको अवस्थामा मृत फेला गर्नुभएको थियो ।

मृतक दुवै जनाको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र भवितव्य ज्यान मुद्दा शीर्षकमा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।  रासस