१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नरमा विश्वनाथ पौडेल नियुक्त



अ+ अ-

काठमाडौं। नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त हुनु भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई  गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।

सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।

डा. पौडेलले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा पीएचडी गर्नुभएको छ । पौडेलको प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, र आर्थिक इतिहासमा विशेषज्ञता रहेको छ ।

पौडेल काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापन गरिरहनु भएको छ ।उहाँसँग राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँगै अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार र इसिमोडको बोर्ड अफ गभर्नर्सको अध्यक्षको अनुभव पनि छ ।