३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सांसदको अभाव, बैठक स्थगित



अ+ अ-

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलवारको बैठक स्थगित भएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपटि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । सांसदहरुले उक्त प्रश्तावमाथि छलफल गरेर मन्त्री अधिकारीले जवाफ दिएसँगै सभामुख घिमिरेले प्रश्तावलाई पारित गर्न प्रक्रिया शुरु गर्नुभयो ।

लगत्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गर्नुभयो । उक्त समयमा प्रतिपक्ष दलका तीन जना मात्रै सांसदहरु संसदमा उपस्थित थिए । नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्दा प्रश्ताव निर्णयार्थ पेश गर्न ६९ संख्या हुनुपर्नेमा ६५ मात्रै पुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।