• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

अमेरिकामा ज्यान गुमाएको परिवारलाई दश लाख सहयोग



गलकोट । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अ‍ेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि मगर सङ्घ अमेरिकाको संयोजनमा सङ्कलन भएको रु १० लाख ५८ हजार ७६४ थापाकी आमा हरिकला थापालाई हस्तान्तरण गरिएको हो । 

अमेरिकामा समेत सामाजिक काममा क्रियाशील थापाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको भन्दै अमेरिकामा रहेको नेपाल मगर सङ्घका अध्यक्ष कुलदीप रानाको संयोजनमा सङ्कलन गरिएको रकम नेपालमा समन्वयकर्ताको भूमिका खेलेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र नेपाल मगर सङ्घ बागलुङको रोहवरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो । तुलसा थापाको २५ डिसेम्बर २०१९ मा अमेरिकाको टेक्सासमा निधन भएको थापाका आफन्त तारा थापाले जानकारी दिए । मृतक थापा अमेरिकाको टेक्सासमा रहेको मगर सङ्घको सदस्यसमेत थिए।