१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पिन्स लिग फुटलको फाइनल आज हुँदैछ । उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्डले प्रतिस्पर्धा गर्दैछन् । लण्डनस्थित वेम्बली स्टेडियममा हुने फाइनल खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा रियलले बायर्न म्युनिखलाई तथा डर्टमण्डले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गर्दै दुई टोली फाइनलमा पुगेका हुन् ।

च्याम्पियन्स लिगमा रियल सबैभन्दा सफल टिम हो भर्ने डर्टमण्ड पहिलो पटक उपाधि जित्ने दाउमा छ । रियलले १४ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ ।

यता, २०१२–१३ मा फाइनलमा पुगेको डर्टमण्ड जर्मनकै बायर्न म्युनिखसँग २–१ गोलले पराजित हुँदै पहिलो उपाधि जित्नबाट चुकेको थियो ।