५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह



अ+ अ-

एजेन्सी । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कालासले मङ्गलबार मस्कोले युक्रेनमा युद्धविराममा सहमत नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्नुभएको छ ।

“अमेरिकाले भनेको थियो कि यदि रूस बिना शर्त युद्धविराममा सहमत भएन भने त्यसका परिणामहरू हुनेछन् । त्यसैले हामी ती परिणामहरू, अमेरिकी पक्षबाट पनि देख्न चाहन्छौँ”, कालासले ब्रसेल्समा इयुका मन्त्रीहरूको बैठकमा भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले ‘तुरुन्तै’ शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले दुई नेताबीचको कुराकानीले पुटिनलाई ‘साँच्चै शान्तिमा चासो नभएको’ देखाएको बताउनुभयो ।

“उहाँ अझै पनि छुटका लागि तयार हुनुहुन्न, केवल आफ्नो सर्तमा युद्धविरामको कुरा गर्नुहुन्छ”, पिस्टोरियसले भन्नुभयो ।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले सोमबार ट्रम्प र युरोपेली नेताहरूबीचको छुट्टै फोनवार्तापछि इयुले थप प्रतिबन्धमार्फत मस्कोमाथि ‘दबाब बढाउने’ बताउनुभयो ।

मुख्यतया रुसले तेल निर्यातमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्न प्रयोग गर्ने ‘छाया फ्लीट’ लाई लक्षित गर्दै युक्रेनमा गरेको आक्रमणलाई लिएर इयुले मङ्गलबार मस्कोमाथि १७औँ चरणको प्रतिबन्ध औपचारिक रूपमा अपनाउने छ ।

प्रतिबन्धहरूको थप प्याकेज पहिले नै टेबलमा राखिएको छ तर इयुसँग क्रेमलिनमाथि ठूलो चोट पुर्याउने सीमित मार्गहरू भएको आशङ्का छ ।

“हामी रुसमाथि थप दबाब दिन प्रतिबन्धको अर्को कडा प्याकेजमा काम गर्न जारी राख्छौँ ताकि उनीहरू पनि शान्ति चाहून्”, कालासले भन्नुभयो, “तेलको मूल्यको सीमा, ऊर्जा, बैंकिङ क्षेत्रलाई लिएर पनि प्रतिबन्धहरू छन्–यी प्रतिबन्धहरूले रुसको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउनेछ ।”




भर्खरै