६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप एसिया छनोटः नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।

थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा ८० रन बनायो । नेपालका लागि कविता कुँवरले २४ रन बनाउँदा राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाईन् । अरु ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा थाइल्यान्डकी ओनिचाले ह्याट्रिकसहित ४ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनाएबो थियो । थाइल्यान्डका लागि ओपनर नतायाले ५० रन बनाईन् । अर्की ओपनर अपिसाराले २९ रन बनाउँदा ननापतले नटआउट ५० रनको जोडिन् ।

बलिङमा नेपालका मनिषा उपाध्याय र राजमति ऐरीले १/१ विकेट लिएका थिए।

यसअघि नै नेपाल र थाइल्यान्डले सुपर-३ को शीर्ष दुईमा रहदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका सकेका छन् ।