२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप एसिया छनोटः नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।

थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा ८० रन बनायो । नेपालका लागि कविता कुँवरले २४ रन बनाउँदा राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाईन् । अरु ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा थाइल्यान्डकी ओनिचाले ह्याट्रिकसहित ४ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनाएबो थियो । थाइल्यान्डका लागि ओपनर नतायाले ५० रन बनाईन् । अर्की ओपनर अपिसाराले २९ रन बनाउँदा ननापतले नटआउट ५० रनको जोडिन् ।

बलिङमा नेपालका मनिषा उपाध्याय र राजमति ऐरीले १/१ विकेट लिएका थिए।

यसअघि नै नेपाल र थाइल्यान्डले सुपर-३ को शीर्ष दुईमा रहदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका सकेका छन् ।