३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता युवकको जङ्गलमा शव भेटियो



अ+ अ-
बागमती । विगत छ दिनदेखि बेपत्ता मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका एक युवकको शव नजिकैको जङ्गलमा फेला परेको छ ।
यही वैशाख ३१ गतेदेखि बेपत्ता स्थानीय ३५ वर्षीय विष्णुप्रसाद सापकोटाको शव मनहरी गाउँपालिका–५ कोइराला डाँडास्थित थली जङ्गलमा शव फेला परेको हो ।
घरमा कसैलाई नसोधी घरबाट हिँडेकामा खोजतलास गर्ने क्रममा घरदेखि डेढ किलोमिटर पश्चिम दक्षिणतर्फ रहेको जङ्गलमा सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उनको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।