५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प



अ+ अ-

जनकपुरधाम। विगत पाँच दिनदेखि धनुषाको मिथिला नगरपालिकामा गरिएको तालाबन्दीले दैनिक कामकाज ठप्प भएको छ ।

नगरपालिकाको विकास निर्माणसम्बन्धी योजना वितरणमा भेदभाव भएको कारण देखाउँदै उपप्रमुख सुनिता सिंह बुढाथोकीको नेतृत्वमा वडाध्यक्षसहितको टोलीले तालाबन्दी गरेको थियो । आर्थिक वर्षका योजना कार्यान्वनमा केन्द्रीत हुनुपर्ने बेला तालाबन्दी हुँदा समस्या भएको छ ।

नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख बुढाथोकीबीचको विवादले विगत पाँच दिनदेखि कामकाज ठप्प हुँदा नागरिकले नै घाटा बेहोर्नु परिरहेको थानीय रामसरोज साहको गुनासो छ ।

उहाँले तत्काल विवाद समाधान गरी विकास निर्माणका काम हुने वातावरण बनाउन सरोकार भएकाहरूलाई आग्रह गर्नुभएको छ ।  आफ्नो अधिकारमाथि नगरप्रमुखबाट हस्तक्षेप भएको भन्दै उपप्रमुख बुढाथोकीले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गर्नुभएको छ ।