२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बन्ने रंगशाला अपाङ्गमैत्री हुनेछन्ः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आगामी दिनमा बनाइने रंगशाला, र पनःनिर्माण गर्ने क्रममा रहेका रंगशालाहरु अपाङ्गमैत्री बनाइने बताउनु भयो । उहाँले  मधेस प्रदेशमा रहेको नारायणी रंगशालालाई पनि अपाङ्गमैत्री रंगशाला बनाइरहेको बताउनु भयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘हामीले आगामी दिनमा धेरै रंगशालाहरु, ठूला ठूला रंगशाला निर्माण गर्नुपर्नेछ । पुरानो रंगशालाहरु पनि सोचेअनुसारको मर्मतसम्भार हुन सकेको छैन । मधेस प्रदेशमा नारायणी रंगशाला, नेपालको सबैभन्दा पहिलो दशरथ र दोस्रो रंगशाला नारायणी रंगशाला हो । त्यो रंगशालामा अहिले पनि भौतिक पूर्वाधार राम्रो नभएको हुनाले त्यो रंगशालालाई अपांगमैत्री बनाउने गरी अघि बढिरहेका छौँ । अब नयाँ पूर्वाधार निर्माण र मर्मतसम्भार गर्दा हामी अपांगमैत्री बनाउने अवधारणामा छौँ । अब जति पनि रंगशाला बन्छन्, ति अपांगमैत्री हुनेछन् ।’

मन्त्री चौधरीले दशरथ रंगशाला पनि पूर्ण रुपमा अपाङ्गमैत्री हुन नसकेको र पोखरा रंगशालालाई भने अपाङ्गमैत्री रंगशाला बनाइएको बताउनु भयो ।