२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बन्ने रंगशाला अपाङ्गमैत्री हुनेछन्ः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आगामी दिनमा बनाइने रंगशाला, र पनःनिर्माण गर्ने क्रममा रहेका रंगशालाहरु अपाङ्गमैत्री बनाइने बताउनु भयो । उहाँले  मधेस प्रदेशमा रहेको नारायणी रंगशालालाई पनि अपाङ्गमैत्री रंगशाला बनाइरहेको बताउनु भयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘हामीले आगामी दिनमा धेरै रंगशालाहरु, ठूला ठूला रंगशाला निर्माण गर्नुपर्नेछ । पुरानो रंगशालाहरु पनि सोचेअनुसारको मर्मतसम्भार हुन सकेको छैन । मधेस प्रदेशमा नारायणी रंगशाला, नेपालको सबैभन्दा पहिलो दशरथ र दोस्रो रंगशाला नारायणी रंगशाला हो । त्यो रंगशालामा अहिले पनि भौतिक पूर्वाधार राम्रो नभएको हुनाले त्यो रंगशालालाई अपांगमैत्री बनाउने गरी अघि बढिरहेका छौँ । अब नयाँ पूर्वाधार निर्माण र मर्मतसम्भार गर्दा हामी अपांगमैत्री बनाउने अवधारणामा छौँ । अब जति पनि रंगशाला बन्छन्, ति अपांगमैत्री हुनेछन् ।’

मन्त्री चौधरीले दशरथ रंगशाला पनि पूर्ण रुपमा अपाङ्गमैत्री हुन नसकेको र पोखरा रंगशालालाई भने अपाङ्गमैत्री रंगशाला बनाइएको बताउनु भयो ।