१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटना



अ+ अ-

विराटनगर । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङमा दुर्घटना भएको छ ।

सोमबार मोरङको कानेपोखरीमा सांसद सवार बिएइ १४०६ नम्बरको गाडीलाई विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको कारले ठक्कर दिएको हो ।

गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।