१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नेपालमा पछिल्लो कोरोना संक्रमण दर २ प्रतिशत मात्रै

नेपालमा पछिल्लो कोरोना संक्रमण दर २ प्रतिशत मात्रै
अ अ+ अ-

काठमाडौं । सरकारले समुदायमा संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर परीक्षण र नमुना संकलनको दायरा बढाउने भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो समय संक्रमण वृद्धि भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको आंशका बढेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘संक्रमितको संख्या पूर्ण रूपमा घटेको हो होइन भनेर परीक्षण र नमुना संकलनको दायरा बढाउँछौं।’ अहिले मुलुकका २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ। हरेक दिन झन्डै ४ हजार व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ।

क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको मात्र नमुना लिने गरिएकोमा दायरा विस्तार गर्न लागिएको ईडीसीडीका निर्देशक डा. पाण्डेले जानकारी दिए। कोरोनाको उच्च जोखिमका रूपमा रहेका मुलुकका १० वटा जिल्लामा थप नमुना संकलन लिइने भएको छ।

संक्रमण दर २ प्रतिशत

असारको पहिलो साता ११ प्रतिशतको हाराहारीमा कोरोना संक्रमणको दर थियो। असार १९ गते संक्रमण दर वृद्धि भई १७ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। असार १९ गते सर्वाधिक सात सय ४० जनामा संक्रमण पुष्टि भएको थियो। डा. गौतमका अनुसार अहिले संक्रमण दर २ प्रतिशत रहेको छ। आइतबार आयोजित प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले थप ८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। योसँगै मुलुकमा पुष्टि भएका संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।

संक्रमितमध्ये ८ हजार ५ सय ८९ निको भइसकेका छन। यो कुल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता डा। गौतमले बताए। पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जोखिममा दीर्घरोगी

कोरोना भाइरसबाट ज्यान गुमाउनेमध्ये अधिकांश दीर्घरोगी भएको पाइएको छ। हालसम्म कोरोना भाइरसबाट ३८ जनाको मृत्यु भएको छ। डा। पाण्डेका अनुसार, प्रतिशतका आधारमा शून्य दशमलव २१ प्रतिशतको कोरोना भाइरसबाट मृत्यु भएको हो। ज्यान गुमाएको ३८ मध्ये २४ जनालाई केही न केही खालको दीर्घरोग रहेको छ। डा. पाण्डेले भने, ‘दम, क्यान्सर, मिर्गौलाको रोग, कलेजो रोग, रक्सी पिउने व्यक्ति, अरू विभिन्न खालका लक्षण भएका व्यक्तिमा मृत्यु भएको देखिन्छ।’ खासगरी ५० वर्ष माथिका व्यक्ति दीर्घरोगी भएको उनको दाबी छ।

संक्रमितमध्ये अधिकांश लक्षणविहीन छन्। शून्य दशमलव तीन प्रतिशत संक्रमितमा मात्र केही लक्षण देखिएको छ। खोकी लाग्ने, ज्वरो आउने र अन्य साधारण खालको लक्षण देखिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम समुदायमा संक्रमण फैलिएको अवस्थामा ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई जोगाउन चुनौती हुने बताउँछन्।

समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन दोस्रो चरणमा असार २५ गतेबाट मुलुकभर ४५ हजार नमुना लिइने तयारी गरिएको छ। त्यसमध्ये काठमाडौंबाट पाँच हजार नमुना संकलन गरिनेछ। जोखिम क्षेत्र पहिचान भएका र सेवा प्रवाह हुने स्थानबाट नमुना लिइने डा. पाण्डेले बताए। त्यस्तै सेरो प्रेभिलेन्स सर्भेमार्फत समुदायमा समस्या कति छ ? भनी सातै प्रदेशबाट नमुना संकलन गरिने भएको छ। त्यसका लागि भौगोलिक रूपमा हिमाल, पहाड र तराईबाट नमुना लिइनेछ। सबै जिल्लाको प्रतिनिधित्व हुने गरी २१ हजार स्याम्पल लिएर सर्भे गरिने डा. पाण्डेले जानकारी दिए।

ट्राभल हिस्ट्री नभएका संक्रमित

घरबाहिर कतै यात्रा नगरेका व्यक्तिमा समेत संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ। ईडीसीडीका निर्देशक डा. पाण्डेका अनुसार, समुदायमा संक्रमण भएको आशंकामा उपत्यकाका १२ वटा ठाउँमा नमुना जाँच गरिएको छ। ललितपुरको नक्खुटोल, काठमाडौंको कोटेश्वर, शंखमूल, डिल्लीबजार, टोखा, बूढानीलकण्ठ, कपन, कागेश्वरी मनहरा, भक्तपुरको बोडेलगायत विभिन्न स्थानको नमुना लिइएको थियो। डा. पाण्डेले भने, ‘३ हजार नमुनामध्ये ३ जनामा संक्रमण भएको देखिन्छ। ’

हाल भीडभाड हुने बैंक, मालपोत, कर कार्यालय, ज्वरो नाप्ने स्थान (फिभर केन्द्र) र उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट नमुना लिने कार्य अघि बढाइएको छ। अन्नपुर्णपोष्ट दैनिक