९ भाद्र २०८३, मंगलवार
,
Latest
पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर भएको पुष्टि, ट्रम्पले गरे स्वास्थ्यलाभको कामना



अ+ अ-

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ ।

बाइडेनको कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई प्रोस्टेट क्यान्सर भएको र क्यान्सर हड्डीसम्म फैलिसकेको जानकारी दिएको हो । ८२ वर्षीय बाइडेनलाई युरिनसँग सम्बन्धित केही लक्षण देखिएपछि गत हप्ता चिकित्सककोमा जाँच गराएका थिए ।

परीक्षणपछि शुक्रबार उनलाई क्यान्सर भएको पुष्टि भएको हो । उनको क्यान्सर ‘हाई ग्रेड’ श्रेणीको रहेको जनाइएको छ, जसको अर्थ क्यान्सर कोशिकाहरू तीव्र गतिमा शरीरमा फैलिन सक्ने हुन्छन् । क्यान्सर रिसर्च यूकेका अनुसार यस्तो क्यान्सर बढी आक्रामक हुने सम्भावना हुन्छ ।

हाल बाइडेन र उनको परिवार क्यान्सरको उपचारका सम्भावित विकल्पहरूबारे समीक्षा गरिरहेको कार्यालयले जनाएको छ । साथै, यो क्यान्सर ‘हर्मोन–सेन्सेटिभ’ रहेकोले यसको उपचार सम्भव हुने जनाइएको छ ।

पूर्वराष्ट्रपति बाइडेनलाई क्यान्सर भएको खबर सार्वजनिक भएपछि अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको स्वास्थ्यप्रति चासो व्यक्त गरेका छन् । उनले बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गरेका छन् ।