५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा दुई जनामाथि सुँगुरको खोरमा थुनेर कुटपिट, ४ जना पक्राउ



अ+ अ-

सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–५ का तसलिम अन्सारी र सलिम अन्सारीमाथि सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको छ।

शनिबार बिहान १० बजेतिर स्थानीय युवाहरूले उनीहरूलाई खोरमा थुनेर कुटपिट गरेका हुन्। तसलिमकी छोरीको विवाहका लागि सुनचाँदी खरिद विषयमा स्थानीय सुनचाँदी व्यापारी राजिन्द्र साहसँग विवाद भएपछि घटनाले हिंसात्मक रूप लिएको हो।

पसले साहले युवाहरू परिचालन गरी अन्सारी दाजुभाइलाई कुटपिट गराएको आरोप छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी सक्रिय भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार घटनामा संलग्न ४ जना पक्राउ परेका छन्। थप अनुसन्धान भइरहेको छ।

स्थानीय अगुवाहरूले घटनालाई धार्मिक रङ दिइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।