२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन



अ+ अ-

भक्तपुर। सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माणको आवश्यकता औँल्याउनुभएको छ ।

आज भक्तपुरको गठ्ठाघरमा सनातन पितृमुक्ति समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभयो ।

सभामुख घिमिरेले समाजमा हुने धार्मिक कार्यले नै संस्कृति र परम्पराको महत्व दर्शाउँदै समाजलाई सुव्यवस्थित एवं सरल ढङ्गले अघि बढाउन टेवा पु¥याउने चर्चा गर्नुभयो । “हाम्रै पूर्वीय दर्शनमा आधारित रहेर नै पश्चिमा दर्शन बनेको हो । त्यसैमा टेकेर उनीहरूले विज्ञानलाई प्रयोग गर्दै चमत्कार गरिरहेका छन् ।

नयाँ पुस्ता यही प्रगति र चमत्कार देखेर पश्चिमा दर्शनप्रति बढी आकर्षित भएका छन् तर त्यसको जग पूर्वीय दर्शन र संस्कृति नै हो भनेर बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो । हाल अमेरिकामा समेत वेदको अध्ययन र अनुसन्धान हुन थाल्नु त्यसैको थप प्रमाण भएको उहाँको भनाइ थियो ।

सभामुख घिमिरेले समाजले यसअघि निर्माण गरेको पितृमुक्ति समाज र अग्रज जेष्ठ नागरिक भवनको उद्घाटन गर्नुभयो । समाजका अध्यक्ष खेमप्रसाद सुवेदीले पितृमुक्तिका लागि १३ दिनसम्म क्रियाकर्म गर्न किरियापुत्रीसहितको सामुदायिक बहुउद्देश्यीय भवनका केही काम बाँकी रहेकाले त्यसलाई पूर्णता दिन रुकम सङ्कलन गर्ने उद्देश्यले महायज्ञ सुरु गरिएको बताउनुभयो ।

महायज्ञ प्रचार समितिका संयोजक एवं समाजका महासचिव नारायणप्रसाद न्यौपानेले समाजले विसं २०६९ को पुराणबाट सङ्कलित रकमबाट निर्माण सुरु गरेको सामुदायिक भवन निर्माण कार्य पूरा गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो । महायज्ञ १० गते सम्पन्न हुने र यस अवधिभर वाचिका राधिका दासीबाट कथा प्रवचन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँको अधुरो भवन पूरा गर्ने उद्देश्यले महायज्ञबाट रु दुई करोड रकम सङ्कलन गर्ने लक्ष्य लिएका छौँ । सङ्कलित रकमबाट बहुउद्देश्यीय भवन निर्माण पूरा गरी पुस्तकालाय स्थापना तथा अक्षयकोष निर्माण गर्ने लक्ष्य छ ।”

पाँच आना दुई पैसा क्षेत्रफल रहेको जग्गामा तीनतले भवन निर्माण भइसकेको जानकारी दिँदै समाजका उपाध्यक्ष सीता अधिकारीले शौचालय, ढिकोरो उठाउने ठाउँ निर्माणलगायत विभिन्न संरचना निर्माणमा रु एक करोड ६३ लाख खर्च भई रु १६ लाख ऋण अझै रहेको बताउनुभयो ।  रासस