११ श्रावण २०८३, सोमबार
,
Latest
खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन



अ+ अ-

भक्तपुर। सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माणको आवश्यकता औँल्याउनुभएको छ ।

आज भक्तपुरको गठ्ठाघरमा सनातन पितृमुक्ति समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभयो ।

सभामुख घिमिरेले समाजमा हुने धार्मिक कार्यले नै संस्कृति र परम्पराको महत्व दर्शाउँदै समाजलाई सुव्यवस्थित एवं सरल ढङ्गले अघि बढाउन टेवा पु¥याउने चर्चा गर्नुभयो । “हाम्रै पूर्वीय दर्शनमा आधारित रहेर नै पश्चिमा दर्शन बनेको हो । त्यसैमा टेकेर उनीहरूले विज्ञानलाई प्रयोग गर्दै चमत्कार गरिरहेका छन् ।

नयाँ पुस्ता यही प्रगति र चमत्कार देखेर पश्चिमा दर्शनप्रति बढी आकर्षित भएका छन् तर त्यसको जग पूर्वीय दर्शन र संस्कृति नै हो भनेर बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो । हाल अमेरिकामा समेत वेदको अध्ययन र अनुसन्धान हुन थाल्नु त्यसैको थप प्रमाण भएको उहाँको भनाइ थियो ।

सभामुख घिमिरेले समाजले यसअघि निर्माण गरेको पितृमुक्ति समाज र अग्रज जेष्ठ नागरिक भवनको उद्घाटन गर्नुभयो । समाजका अध्यक्ष खेमप्रसाद सुवेदीले पितृमुक्तिका लागि १३ दिनसम्म क्रियाकर्म गर्न किरियापुत्रीसहितको सामुदायिक बहुउद्देश्यीय भवनका केही काम बाँकी रहेकाले त्यसलाई पूर्णता दिन रुकम सङ्कलन गर्ने उद्देश्यले महायज्ञ सुरु गरिएको बताउनुभयो ।

महायज्ञ प्रचार समितिका संयोजक एवं समाजका महासचिव नारायणप्रसाद न्यौपानेले समाजले विसं २०६९ को पुराणबाट सङ्कलित रकमबाट निर्माण सुरु गरेको सामुदायिक भवन निर्माण कार्य पूरा गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो । महायज्ञ १० गते सम्पन्न हुने र यस अवधिभर वाचिका राधिका दासीबाट कथा प्रवचन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँको अधुरो भवन पूरा गर्ने उद्देश्यले महायज्ञबाट रु दुई करोड रकम सङ्कलन गर्ने लक्ष्य लिएका छौँ । सङ्कलित रकमबाट बहुउद्देश्यीय भवन निर्माण पूरा गरी पुस्तकालाय स्थापना तथा अक्षयकोष निर्माण गर्ने लक्ष्य छ ।”

पाँच आना दुई पैसा क्षेत्रफल रहेको जग्गामा तीनतले भवन निर्माण भइसकेको जानकारी दिँदै समाजका उपाध्यक्ष सीता अधिकारीले शौचालय, ढिकोरो उठाउने ठाउँ निर्माणलगायत विभिन्न संरचना निर्माणमा रु एक करोड ६३ लाख खर्च भई रु १६ लाख ऋण अझै रहेको बताउनुभयो ।  रासस