१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण



अ+ अ-

काठमाडौँ, ‘सगरमाथा संवाद’को सन्देशसहित हिमाल आरोहणमा निस्कनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुभएको छ ।

उहाँले आज बिहान ९ः२० बजे सगरमाथाको चुचुरोबाट ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको सगरमाथा बेसक्याम्पमा रहनुभएका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिनुभयो । छन्त्यालसँगै वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

जेठ २ काठमाडौँमा जारी सगरमाथा संवादको सन्देशलाई विश्वमाझ प्रवर्द्धन गर्ने उद्देश्यले सद्भावना दूतको रुपमा छन्त्यालले सगरमाथा आरोहण गर्नुभएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

सहायक निरीक्षक छत्यालले गत वैशाख २२ गते छ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गर्नुभएको थियो । उहाँ ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिइ सगरमाथा आरोहण लागि गत वैशाख १५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उहाँलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गर्नुभएको थियो । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भूभाग विपद् उपशाखामा कार्यरत हुनुहुन्छ ।