६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय र विवेकको दियो निभ्न नदिएको परम्पराको निरन्तरता जरुरी छ: बिजय कुमार



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएपछि पत्रकार बिजय कुमार पाण्डेले न्याय र विवेकको दियो निभ्न नदिएको लामो परम्परा अझै कायमै छ भन्ने सन्देशको निरन्तरता रहनु जरुरी भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार साँझ सामाजिक संञ्जालमा एक स्टाटस राख्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ-

सर्वोच्च अदालतले – राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रकी धर्मपत्नी सरिका कार्की मिश्रले दायर गर्नु भएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा बन्दीलाई हाजिर जमानीमा थुनामुक्त गर्ने आदेश दिएको छ ।

रवीन्द्र मिश्र माथी यो सरकारले लगाएका आरोपको न्यायीक निरुपण समयक्रममा हुने नै छ । तर असिमित अवधीका लागी हिरासतमा राख्ने कामलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय श्री कुमार चुडाल र श्री तिप्रसाद श्रेष्ठको सयुक्त इजलासले रोक लगाएको छ ।

नागरिकको हिरासत अवधि असिमित हुन सक्दैन र थप प्रमाण संकलन गर्न थुनामा राख्न जरुरी छैन भन्ने सर्वस्विकृत मान्यता र सिधान्तका आधारमा – सर्वोच्च अदालतल सरकारलाई रातो झन्डा (Red Flag) देखाएको छ ।

नेपालमा सर्वोच्च अदालतको ईतिहासमा कतिपय अवसरमा भएका निर्णय मेरो मानस पटलमा , यस बेला खेल्दै छन । पंचायत व्यवस्थाको सर्वोच्च अदालतले , राजद्रोहको अभियोग लागेका बीपी कोइरालालाई सफाइ दिने सम्बन्धमा गरेको निर्णय होस या तत्कालिन राजा ज्ञानेन्द्रले शासन हातमा लिदा भएका कयौ गिरफ्तारीका बिषयमा थुनामुक्त गर्ने सर्वोच्च अदालतको फैसला होउन ; नेपालको सर्वोच्च अदालतका कतिपय न्यायमुर्तीहरुले – न्याय र विवेकको दियो निभ्न नदिएको लामो परम्परा अझै कायमै छ भन्ने सन्देशको निरन्तरता जारी रहनु जरुरी छ ।

राज्यका तिन अंग मध्ये पहिला दुई अंग – संसद र सरकारको प्रभावकारीता र नियत दुबैमा केही गम्भीर प्रश्न चिन्ह उठिरहेका बेला , तेस्रो अंग – अर्थात न्यायपालिका माथीको जिम्मेवारी स्वत बढेर जान्छ । हुन त एक समझदार र सार्थक लोकतन्त्रमा – यी तिनै अंग , आआफ्ना सिमा र सामर्थ्य बुझेर काम गर्छन ।

तर नेपालमा लोकतन्त्रले त्यो स्तरको नैतिक शक्ति , बिशिष्टता र हैसियत प्राप्त गर्न अझै काम गर्न बाकी रहेको पृष्ठभुमीमा – सर्वोच्च अदालतको स्वतन्त्रता , गरिमा र जनविश्वासको मात्रा – उस्ले बेला बखतमा गर्ने केही महत्वपुर्ण फैसलाहरुबाट पनि निर्धारण हुन्छ ।