२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

हलेसी तुवाचुङ नगरपालिका : बेरुजु फछ्र्योटमा बन्यो जिल्ला प्रथम

हलेसी तुवाचुङ नगरपालिका : बेरुजु फछ्र्योटमा बन्यो जिल्ला प्रथम
अ अ+ अ-

खोटाङ। जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकाको नेतृत्वमा विमला राई हुनुहुन्छ ।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार एमालेका खडेन्द्र राईलाई पराजित गर्दै नेपाली कांग्रेसको तर्फबाट राई नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

स्थानीय तह कार्यान्यवनमा आएपछि पहिलोपटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख राई यही नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभएको थियो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यस नगरपालिकाको वर्तमान नगर उपप्रमुखमा कांग्रेसकै रमेशकुमार राउत हुनुहुन्छ ।

एघार वडा रहेको हलेसी तुवाचुङले गरेको सेवा प्रवाह जनपक्षीय रहेको सबै क्षेत्रबाट प्रतिक्रिया आउने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी रहेकाले पनि यो नगरपालिकाको सेवा प्रवाहमा सबैको नजर पुग्ने गरेको छ ।

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले यस नगरपालिकामा शून्य दशमलव १५ प्रतिशतमात्र बेरुजु औँल्याएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रतिवेदनअनुसार हलेसीको रु २३ लाख ६७ हजार बेरुजु देखिएको छ । रु एक अर्ब ५६ करोड ८१ लाख ६२ हजारको लेखापरीक्षण गर्दा उक्त रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।

नगरपालिकाले बेरुजु फछ्र्योटमा उल्लेख्य सुधार गरेको विषयमा नगरप्रमुख राईले हरेक काम नियम, कानुन तथा कार्यविधिअनुसार गर्दा सकारात्मक नतिजा आएको बताउनुभयो । “हामीले हरेक काम नियम, कानुन तथा कार्यविधिभित्र रहेर गरिरहेका छौँ । नियम, कानुन तथा कार्यविधिले दिएको अधिकार प्रत्यायोजन गर्दा सकारात्मक नतिजा आउँछ”, “जुनसुकै क्षेत्रमा पनि महिलाले नेतृत्व गर्न सक्छ र महिलाले नेतृत्व गरेको निकाय पारदर्शी र सुशासनयुक्त हुन्छ भन्ने पुष्टि गर्नुछ । यसमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको साथ, सहयोग र समन्वय आवश्यक छ ।”

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका बेरुजु फछ्र्योट गर्नेमा जिल्ला प्रथम भएको छभने प्रदेशमा तेस्रो तथा देशभरका सात सय ५३ स्थानीय तहमध्ये १०औँ स्थानमा आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ऐसेलुखर्क गाउँपालिका दोस्रो तथा रावाबेँसी गाउँपालिका तेस्रो भएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका पनि महिलाले नै हाँकिरहनुभएको छ । कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अरुणादेवी राईले ‘दीक्षा’ले हाँकिरहनुभएको यस गाउँपालिकाको बेरुजु एक दशमलव ४६ प्रतिशत अर्थात् रु ९७ करोड ५४ लाख आठ हजार लेखापरीक्षण गर्दा रु एक करोड ४२ लाख ५६ हजार बेरुजु देखिएको छ ।

जिल्लाका आठ गाउँपालिकामध्ये ऐसेलुखर्क गाउँपालिकाको सबैभन्दा कम शून्य दशमलव ५० प्रतिशत बेरुजु देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले नेतृत्व गर्नुभएको ऐसेलुखर्क गाउँपालिकाको रु एक अर्ब १५ करोड १५ लाख आठ हजार लेखापरीक्षण गर्दा रु ५७ लाख ३५ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गाउँपालिकातर्फ साकेला गाउँपालिकाको सबैभन्दा बढी २ दशमलव ४३ प्रतिशत बेरूजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । साकेलाको रु ८५ करोड ३२ लाख ५७ हजारको लेखापरीक्षण गर्दा रु दुई करोड ७१ लाख दुई हजार बेरुजु देखिएको हो ।

जिल्लाको सबैभन्दा सानो (पाँच वटामात्रै वडा रहेको) साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई गाउँपालिका प्रमुख हुनुहुन्छ । गाउँपालिका प्रमुख राईको एकोहोरो जिद्धीले योजना बनाउँदा जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु देखिएको अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले प्रतिक्रिया दिएका छन् ।

रावाबेँसी गाउँपालिकाको रु ९० करोड २३ लाख छ हजार लेखापरीक्षण गर्दा शून्य दशमलव ७३ प्रतिशत अर्थात् रु ६५ लाख ७६ हजार, केपिलासगढी गाउँपालिकाको रु ९४ करोड २८ लाख ३६ हजार लेखापरीक्षण गर्दा शून्य दशमलव ४८ अर्थात् रु ७९ लाख ५२ हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु एक अर्ब १४ करोड ४३ लाख ५५ हजार लेखापरीक्षण गर्दा एक दशमलव ०७ प्रतिशत अर्थात् रु एक करोड २२ लाख छ हजार बेरुजु देखिएकोे छ ।

त्यसैगरी, बराहपोखरी गाउँपालिकाको रु ८१ करोड ७८ लाख ९८ हजार लेखापरीक्षण गर्दा १ दशमलव ८८ अर्थात् रु एक करोड ५३ लाख ५४ हजार र खोटेहाङ गाउँपालिकाको रु एक अर्ब २८ करोड ९५ लाख १० हजार लेखापरीक्षण गर्दा १ दशमलव ४६ प्रतिशत अर्थात् रु एक करोड ८८ लाख ४३ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ( १५ वटा वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ दशमलव २४ प्रतिशत बेरुजु देखिएको छ । नगरपालिकाको रु दुई अर्ब २९ करोड ६१ लाख एक हजारको लेखापरीक्षण गर्दा रु दुई करोड ८५ लाख दुई हजार बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पार्टी निकट व्यक्तिलाई योजना दिने र कार्यान्वयनमा समस्या आउने गरेकाले योजना फछ्र्योटमा समस्या देखिएपछि स्थानीय तहमा बेरुजु आउने गरेको जनाइएको छ । अघिल्लो वर्षहरूको तुलनामा यो वर्ष भने, जिल्लाका सबै स्थानीय तहले बेरुजु घटाएका छन् । रासस