२२ मंसिर २०८२, सोमबार
,
Latest
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका लागि मन्त्री यादवलाई धन्यवाद दिनुुभयो । उहाँले हिमालहरूको रक्षा, डढाइएका छ्वालीको धुवाँबाट वातावरणीय असरका विषयमा नेपाल, भारत, बङ्गलादेशलगायत मुलुक मिलेर क्षेत्रीय खालका यस्ता सम्मेलन आयोजना गर्न प्रस्ताव गर्नुभयो ।

भेटका अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस