६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले साँठगाँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम)ले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो ।

व्यवसायमा प्रतिष्पर्धा, दक्षता र नवप्रवर्तनभन्दा बढी राजनीतिक पहुँचलाई महत्व दिने प्रवृत्तिको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उहाँको भनाइ छ । मुलुकमा बढ्दो आर्थिक चुनौतीका बीच अगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य रहेको बताउनु भयो । बजेट विनियोजन गर्दा पुँजी निर्माणलाई राष्ट्रको उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा उहाँको जोड छ । सार्वजनिक शिक्षालाई जीवनोपयोगी बनाउने योजना सकारात्मक भएपनि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको माग रहेको भन्दै उपसभापति गुरुङले कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘व्यवसाय सफल गर्न प्रतिष्पर्धा, दक्षता, वा नवप्रवर्तनभन्दा बढी राजनीतिक सम्बन्ध र पहुँचमा निर्भर हुने परिपाटी ‘क्रोनी क्यापिटालिज्म’ले यो मुलुकको अर्थतन्त्र ध्वस्त पारेको छ सभामुख महोदय । त्यसकारण अर्थमन्त्रीज्यूसँग आग्रह गर्न चाहन्छु, पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा भन्ने मुल ध्येय र नाराका साथ हामीले बजेट विनियोजनलाई अगाडि बढाउनुपर्छ । सिद्धान्त र प्राथमिकतामा आर्थिक सुशासन कायम गर्ने प्रतिवद्धता आएको छ । यो बढो स्वागतयोग्य कुरा छ । तर आर्थिक सुशासन कायम गर्ने सवालमा चुनौति पनि उत्तिकै छन् । विनियोजन विधेयकको क्षेत्रगत विषयका सम्बन्धमा सार्वजनिक शिक्षालाई जीवनोपयोगि बनाउने कुरा स्वागतयोग्य छ । तर यति भनेर मात्र पुग्दैन । शिक्षा क्षेत्रले आमुल परिवर्तनको माग गरेको छ ।’

‘पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा’भन्ने नाराका साथ बजेट विनियोजन गरिनुपर्ने उहाँको भनाइ छ ।