६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले साँठगाँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम)ले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो ।

व्यवसायमा प्रतिष्पर्धा, दक्षता र नवप्रवर्तनभन्दा बढी राजनीतिक पहुँचलाई महत्व दिने प्रवृत्तिको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उहाँको भनाइ छ । मुलुकमा बढ्दो आर्थिक चुनौतीका बीच अगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य रहेको बताउनु भयो । बजेट विनियोजन गर्दा पुँजी निर्माणलाई राष्ट्रको उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा उहाँको जोड छ । सार्वजनिक शिक्षालाई जीवनोपयोगी बनाउने योजना सकारात्मक भएपनि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको माग रहेको भन्दै उपसभापति गुरुङले कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘व्यवसाय सफल गर्न प्रतिष्पर्धा, दक्षता, वा नवप्रवर्तनभन्दा बढी राजनीतिक सम्बन्ध र पहुँचमा निर्भर हुने परिपाटी ‘क्रोनी क्यापिटालिज्म’ले यो मुलुकको अर्थतन्त्र ध्वस्त पारेको छ सभामुख महोदय । त्यसकारण अर्थमन्त्रीज्यूसँग आग्रह गर्न चाहन्छु, पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा भन्ने मुल ध्येय र नाराका साथ हामीले बजेट विनियोजनलाई अगाडि बढाउनुपर्छ । सिद्धान्त र प्राथमिकतामा आर्थिक सुशासन कायम गर्ने प्रतिवद्धता आएको छ । यो बढो स्वागतयोग्य कुरा छ । तर आर्थिक सुशासन कायम गर्ने सवालमा चुनौति पनि उत्तिकै छन् । विनियोजन विधेयकको क्षेत्रगत विषयका सम्बन्धमा सार्वजनिक शिक्षालाई जीवनोपयोगि बनाउने कुरा स्वागतयोग्य छ । तर यति भनेर मात्र पुग्दैन । शिक्षा क्षेत्रले आमुल परिवर्तनको माग गरेको छ ।’

‘पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा’भन्ने नाराका साथ बजेट विनियोजन गरिनुपर्ने उहाँको भनाइ छ ।