२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)  का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू धर्म मान्छु, संघीयता खारेजी हुनुपर्छ भन्दा सरकारले प्रताडित बनाएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा शुक्रबार अध्यक्ष लिङ्देनले राजा, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ, प्रदेशको खारेजी हुनुपर्छ, देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार हुनुहुन्न, भ्रष्टाचारीहरूलाई दण्डित हुनुपर्छ भन्नेहरूले यस प्रकारको प्रताडित हुनुपर्ने हो भने सरकारले विद्रोहमा जाऊ भन्नुपर्ने अबस्था आउने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर उल्लंघन गरिराखेको छ। करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई विचारकै कारणले राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ। आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ। आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लैजाने हो भने म प्रधानमन्त्री र गृहमन्त्री र सिंगो सरकारलाई सभामुख महोदयमार्फत् भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं।’

उहाँले भन्नुभयो ‘सरकाले भन्नुपर्‍यो विद्रोहमा जाऊ भनेर, जंगल पस भनेर भन्नुपर्‍यो। यो अत्यन्त दु:खद्, मानव अधिकारविरूद्ध, प्रजातान्त्रिक हक अधिकारविरूद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरूद्ध सरकारको तर्फबाट क्रियाकलाप भइरहेको छ।’

नेपाल प्रहरीको साईवर व्यूरोले राप्रपा निकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्ष सुजित केसीलाई बिहान ९ बजे घर बाट नै पक्राउ गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार घरमा नै रहेका केसीलाई बिहान ९ बजे तीर आएका प्रहरीले पक्राउ गरेका हुन् ।