१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगामा इन्स्पेक्टरले प्रहरी हवल्दार कुटे



अ+ अ-

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले एकजना प्रहरी हवल्दारलाई कुटेका छन् ।

बुधवार सडकमै इन्स्पेक्टर जितेन्द्र साहले प्रहरी सहायक हवल्दारलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ  ।

भिडियोमा इन्स्पेक्टरले प्रहरी हवल्दारलाई चड्कन हानेको प्रष्ट देखिएको छ । यसबारे इन्स्पेक्टर साहले आफ्नो कमाण्डमा स्पष्टीकरण दिएका छन् । उनले सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको बताएका छन् ।

त्यहाँ के भएको भनेर बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।