१७ भाद्र २०८३, बुधबार
,
Latest
घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको ईजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले २०७३ कार्तिक ६ देखी २०७४ मंसिर ४ सम्म सदस्य र २०७४ मंसिर ४ देखी २०७६ भदौ २१ सम्म सहसचिव भएर काम गरेकी थिईन् ।

उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको थियो । सरकारी वकिलले मंगलबार उनीविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

सांसद राई वैशाख १३ मा पक्राउ परेकी थिईन् ।