काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो । रवीन्द्रपत्नी सारिकाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाइमा आदेश प्राप्त भएको २४ घण्टाभित्र मुद्दाको सक्कल मिसिल इजलाससमक्ष देखाई बन्दीसहित लिखित जवाफसाथ उपस्थित गराउन भननिएको छ ।
मिश्र तीनकुने आन्दोलन घटनामा गत १५ चैत पक्राउ परेका थिए । उनीमाथि हिजोसहित ८ पटक पटक म्याद थप भइसकेको छ ।
प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गरिरहेको छ ।










