काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २४ मखन टोलमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।
सुरज आर्केड पछाडि महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरमा लागेको आगोमा परेर एक जना महिलाको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी छ ।
आगलागी अझै नियन्त्रणमा आएको छैन । दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।










