२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आारेपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सांसद राईविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैँया बिगो मागदाबीसहित पुरक अभियोजनमार्फत् मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत मुछिएको स्वर्णलक्ष्मी सहकारी संस्थाको करिब सवा अर्ब रुपैयाँ बचत ठगी प्रकरणमा सांसद राई संलग्न भएको आरोप लागेको हो । यही वैशाख १३ गते काठमाडौंबाटै पक्राउ परेकी राईविरुद्ध जिल्ला जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

भोजपुर घर भएकी सांसद राईविरुद्ध सरकारी वकिलले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको हो ।

अब यस मुद्दामा उनलाई अदालतमा उपस्थित गराएर बुधबारदेखि थुनछेक बहस थालिने भएको छ । राईलाई मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराइएको छ । तर मंगलबार जिल्ला प्रहरी परिसरको हिरासतमै पठाएर बुधबारदेखि मुद्दाको थुनछेक बहस गरिने भएको छ ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिकी तत्कालीन सहसचिव हुन् । रविलाई मुद्दा चलाउँदा राईलाई उन्मुक्ति दिइएको भन्दै सरकारको आलोचना भएको थियो । आलोचना थेग्न नसकेपछि कांग्रेस सांसद राईलाई पक्राउ गरिएको थियो । यसअघि राईसहित पाँचजनालाई उन्मुक्ति दिएर रविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । राईसहितले ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लागेको छ ।