३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २६ जना पाँच दिनका लागि थप हिरासतमा



अ+ अ-

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष र ‘संयुक्त जनआन्दोलन समिति’का सदस्य सचिव रवीन्द्र मिश्र तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २६ जनालाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुईजनाको ज्यान गएको थियो भने सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। सोही घटनासँग सम्बन्धित आरोपमा मिश्रलाई घटनाको राति नै पक्राउ गरिएको थियो। उनी ४६ दिनदेखि प्रहरी हिरासतमा छन्।

प्रसाईं भने केही समयपछि भारतबाट फर्किएर नेपाल आएपछि चैत २९ गते पक्राउ परेका थिए। उक्त प्रदर्शनमा राप्रपा र संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएका थिए। यद्यपि, हालसम्म मिश्रविरुद्ध राज्यविरुद्धको अपराध, संगठित आपराधिक क्रियाकलाप र दंगा उक्साएको आरोपमा अनुसन्धान भइरहेको छ।

यसैक्रममा, मिश्रकी पत्नी सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी छन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ भने सो रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ।

मिश्रको रिहाइको माग गर्दै राप्रपाले विभिन्न विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस्तै, ललितपुरको जावलाखेलमा १२ दिनदेखि रिले अनसन पनि जारी छ।