९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

मालिकाधुरी यात्रा सहज बन्यो

मालिकाधुरी यात्रा सहज बन्यो
अ अ+ अ-

म्याग्दी । सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ ।

मालिका–७ बिम नागीथला र रघुगङ्गा–६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो ।

समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको मालिकामा हरेक वर्ष चण्डी (वैशाख पूर्णिमा), भाइटीका र बालाचर्तुदर्शीका दिन धार्मिक मेला लाग्ने गर्दछ । सडक र यातायातको सुविधाका कारण भक्तजनको आगमन बढेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

“मालिकामा पूजाआजा, दर्शन र दृश्यावलोकन गर्न आउनेहरू अब पहिला यहाँ पुगेर टहरा, ओडारमा बास बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “बिहान घरबाट गाडी चढेर आएका भक्तजन मालिकामा पूजा गरेर दिउँसै घर पुग्न सक्ने अवस्था बनेको छ ।”

सोमबार बिहानदेखि दिउँसो २ बजेसम्म चार हजार ५०० भन्दा बढी भक्तजनले मालिकामा पूजा गरेका अध्यक्ष पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ म्याग्दीको साथै पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरू बढी आउने गर्दछन् । यसअघि मालिका दर्शनका लागि भक्तजनहरू अघिल्लो दिन नजिकै गएर जङ्गलको ओडार र टहरामा बास बस्ने गर्दथे ।

दुई वर्षअघि मालिका दर्शनका लागि दुई दिन लगाएर पुग्नुभएकी बेनीकी सानु शर्माले यसपालीको चण्डी पूर्णिमामा बिहान ६ बजे बेनीबाट गएर दिउँसो ३ बजे पुन: बेनी फर्किएको बताउनुभयो ।

मालिका गाउँपालिकाको बिमतर्फबाट नागीथलासम्म पहुँच विस्तार भएको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ । रघुगङ्गा गाउँपालिकाको ठाडाखानीतर्फबाट देउरालीसम्म सवारीसाधनमार्फत र त्यसपछि ४० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ ।

यहाँबाट २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पशुपक्षीको अवलोकन गर्नुका साथै मालिकाधुरीमा पूवा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले जानकारी दिनुभयो । यी विशेषताका कारण यस क्षेत्रको धार्मिक महत्त्व रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मालिकाधुरी पर्ने गरेको उहाँले बताउनुभयो ।

“मालिकाधुरीमा मालिका, कालिका र जाल्पादेवीको मूर्ति छ । मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ”, सचिव रोकाले भन्नुभयो ।

चण्डी पूर्णिमामा आएका भक्तजनहरूबाट रु ९० हजार भेटी सङ्कलन भएको जनाउँदै सबै खर्च कटाएर रु ६७ हजार बचत भएको समितिका अध्यक्ष पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार मालिकाधुरीमा रघुगङ्गा(६ पाखापानीका भक्तीप्रसाद पाइजाले व्यक्तिगत लगानीमा शिव र जालपाको मन्दिर निर्माण गर्नुभएको छ । मन्दिर निर्माणमा पाइजाले करिब रु ३४ लाख खर्चनुभएको उहाँले उल्लेख गर्नुभयो ।  रासस