२८ मंसिर २०८२, आईतवार
,
Latest
कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने प्रस्ताव एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिकाधुरी यात्रा सहज बन्यो



अ+ अ-

म्याग्दी । सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ ।

मालिका–७ बिम नागीथला र रघुगङ्गा–६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो ।

समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको मालिकामा हरेक वर्ष चण्डी (वैशाख पूर्णिमा), भाइटीका र बालाचर्तुदर्शीका दिन धार्मिक मेला लाग्ने गर्दछ । सडक र यातायातको सुविधाका कारण भक्तजनको आगमन बढेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

“मालिकामा पूजाआजा, दर्शन र दृश्यावलोकन गर्न आउनेहरू अब पहिला यहाँ पुगेर टहरा, ओडारमा बास बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “बिहान घरबाट गाडी चढेर आएका भक्तजन मालिकामा पूजा गरेर दिउँसै घर पुग्न सक्ने अवस्था बनेको छ ।”

सोमबार बिहानदेखि दिउँसो २ बजेसम्म चार हजार ५०० भन्दा बढी भक्तजनले मालिकामा पूजा गरेका अध्यक्ष पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ म्याग्दीको साथै पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरू बढी आउने गर्दछन् । यसअघि मालिका दर्शनका लागि भक्तजनहरू अघिल्लो दिन नजिकै गएर जङ्गलको ओडार र टहरामा बास बस्ने गर्दथे ।

दुई वर्षअघि मालिका दर्शनका लागि दुई दिन लगाएर पुग्नुभएकी बेनीकी सानु शर्माले यसपालीको चण्डी पूर्णिमामा बिहान ६ बजे बेनीबाट गएर दिउँसो ३ बजे पुन: बेनी फर्किएको बताउनुभयो ।

मालिका गाउँपालिकाको बिमतर्फबाट नागीथलासम्म पहुँच विस्तार भएको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ । रघुगङ्गा गाउँपालिकाको ठाडाखानीतर्फबाट देउरालीसम्म सवारीसाधनमार्फत र त्यसपछि ४० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ ।

यहाँबाट २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पशुपक्षीको अवलोकन गर्नुका साथै मालिकाधुरीमा पूवा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले जानकारी दिनुभयो । यी विशेषताका कारण यस क्षेत्रको धार्मिक महत्त्व रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मालिकाधुरी पर्ने गरेको उहाँले बताउनुभयो ।

“मालिकाधुरीमा मालिका, कालिका र जाल्पादेवीको मूर्ति छ । मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ”, सचिव रोकाले भन्नुभयो ।

चण्डी पूर्णिमामा आएका भक्तजनहरूबाट रु ९० हजार भेटी सङ्कलन भएको जनाउँदै सबै खर्च कटाएर रु ६७ हजार बचत भएको समितिका अध्यक्ष पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार मालिकाधुरीमा रघुगङ्गा(६ पाखापानीका भक्तीप्रसाद पाइजाले व्यक्तिगत लगानीमा शिव र जालपाको मन्दिर निर्माण गर्नुभएको छ । मन्दिर निर्माणमा पाइजाले करिब रु ३४ लाख खर्चनुभएको उहाँले उल्लेख गर्नुभयो ।  रासस