९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
अ अ+ अ-

काठमाडौं । आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक नि:शुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना हुने भएको छ । भगवती मानवकल्याण सङ्गठनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पाशुपत क्षेत्रस्थित पार्किङ चौरमा कार्यक्रम हुने जानकारी गराइएको हो ।

कार्यक्रममा नशामुक्तिका लागि देशविदेशबाट ३० हजारभन्दा बढीको सहभागिता रहने सङ्गठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्रले राससलाई जानकारी दिनुभयो । शिविरमा भगवती मानवकल्याण सङ्गठन एवं पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रष्टका संस्थापक(सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको सान्निध्यमा देशविदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने उहाँले दाबी गर्नुभयो ।

माता भगवती आदिशक्ति जगत् जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको रहस्यबारे शिविरमा अवगत गराइने सङ्गठनकी नेपाल शाखा प्रमुख डा मिनु सिग्देलले जानकारी दिनुभयो । एक ऋषिको सान्निध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एवं कुण्डली शक्तिका माध्यमबाट साधना पथमा उध्र्वगामी बन्ने ऐतिहासिक एवं दुर्लभ अवसर प्राप्त हुने उहाँको भनाइ छ ।

शिविरमा उपस्थित जनसमुदायलाई सद्गुरुदेव श्री शक्तिपुत्रजी महाराजको आध्यात्मिक, जनकल्याणकारी एवं चेतनात्मक चिन्तन सुन्ने सौभाग्य प्राप्त हुने उहाँले बताउनुभयो ।

दुई दिवसीय कार्यक्रममा पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको सङ्गठनका प्रचारमन्त्री नारायण सेढाइँले जानकारी दिनुभयो । दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुने उहाँले बताउनुभयो ।

यसैगरी साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुने एवं कार्यक्रमको दोस्रो दिन बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुने सङ्गठनले जनाएको छ । साथै शिविरमा नि:शुल्क रूपमा शक्तिजल वितरण गरिने छ ।

नशाको लतका साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने, नशासम्बन्धी समस्या परेकाहरूका लागि सहायक सिद्ध हुने जनाउँदै सेढाइँले शक्तिजल शिविरमा नि:शुल्क प्राप्त गर्न सकिने बताउनुभयो । नि:शुल्क रूपमा नशामुक्त हुन आह्वान गर्दै सङ्गठनले टोल फ्रि नम्बर १८१०५०००१४५ सार्वजनिक गरेको छ ।

भगवती मानवकल्याण सङ्गठन एक जनकल्याणकारी आध्यात्मिक संंस्था हो । यसले नशामुक्त, मांसाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवं पुरुषार्थी समाज निर्माणका साथै जातिभेद, छुवाछुतलगायत सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ । सङ्गठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ अन्तर्गत पाँच हजारभन्दा बढी व्यक्तिलाई नशामुक्त बनाइसकेको छ ।

यसैगरी गत साउनदेखि शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षरोपण अभियानअन्तर्गत ‘एक वृक्ष, राष्ट्रका नाममा’ आमजनसमुदायको सहयोगमा जारी रहेको सङ्गठनले जनाएको छ । यस्तै सङ्गठनले योग, ध्यान, साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न नि:शुल्क रूपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । रासस