५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री साह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने कार्यक्रम (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा



अ+ अ-

गण्डकी । नेपाल पे्रस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटअन्तर्गत सोमबार तेस्रो दिन अन्तरराष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा आइपुगेको छ ।

पोखराको अन्नपूर्ण केबलकारमार्फत फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्दै यात्रा सुरु गरेको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

टोलीले म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाम, रुप्से झरनालगायत पर्यटकीय गन्तव्यको प्रवर्द्धनात्मक भ्रमण गर्दै मुस्ताङ आइपुगेको हो । यात्राका सहभागीलाई अन्नपूर्ण गाउँपालिकामा बाजागाजाका साथ गाउँपालिकाका तर्फबाट स्वागत गरिएको थियो ।

सहभागीलाई स्वागत गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनलाई केन्द्रित गदै नागरिकलाई सुशासनसहितको सेवा प्रवाहमा पालिका संवेदनशील भएर काम गरिरहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले गाउँपालिकाले गरिरहेको सेवा प्रवाह र विकास निर्माणका गतिविधिका बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

पर्वतको जलजला गाउँपालिकामा नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाकोे कृषि, पर्यटनको सम्भावनाबारे पालिकाका सूचना प्रविधि अधिकृत सुदीप पौडेलले जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले ४१ प्रतिशत जमिन वनजङ्गलले ढाकेको जलजला गाउँपालिकाले न्यूनतम स्रोतसाधनमा पनि जडीबुटी, जमिन, जङ्गल र कृषिमा सम्भावना खोजिरहेको जानकारी दिनुभयो । दुवै कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाको सम्भावनालाई सञ्चारमाध्यममार्फत उजागर गरिने विश्वास व्यक्त गर्नुभयो ।

ललितपुरको हिमालय होटेलमा औपचारिक उद्घाटन गर्दै राजधानीसहित पोखरामा विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव, प्रेस स्वतन्त्रता र नेपाली पत्रकारितालगायत विषयमा विभिन्न सत्रमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

मङ्गलबार मुस्ताङको जोमसोममा जलवायु परिवर्तन र यसको प्रभाव, चुनौतीलगायत विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गर्दै लोमन्थाङ घोषणापत्र जारी गरिने नेपाल प्रेस युनियनले जनाएको छ  । रासस