५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना हुँदा आठ घाइते



अ+ अ-

सुनसरी। कोशी गाउँपालिका–७ हरिपुरमा बस दुर्घटना हुँदा आज आठ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गाईघाटबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख९९३६ नंको बस अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार २० जनामध्ये आठ जना घाइते भएकोर अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा कोशी–८ का महमद सहिलका पाँच वर्षीय छोरा वानेस मियाँ, २५ वर्षीया रुक्साना खातुन, सबरुम खातुन, निलम राम, इनरुवा–९ का ४५ वर्षीय गुलाबचन्द्र मेहता, बराहक्षेत्र–११ का २१ वर्षीय प्रमोद ऋषिदेव, कोशी–८ का हुसिय मन्सुरीका छोरा रहन मन्सुरी, १७ महिनाकी छोरी रोना खातुन रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

घाइतेहरूको स्थानीय अस्पताल उपचार भइरहेको छ। रासस