२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई धूलो चटाएको मोदीको दाबी, आक्रमण स्थगन गरे पनि अन्त्य नभएको जिकीर



फाइल फोटो
अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतंककारीका अड्डामा आफूहरुले आक्रमण स्थगन गरे पनि अन्त्य नभएको दाबी गरेका छन् ।

शनिबार दुई देशबीच भएको युद्धविरामपछि प्रधानमन्त्री मोदीले आज देशका नाममा सम्बोधन गर्दै अब पाकिस्तानको कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । उनले मारिएका आतंकवादीको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारी सहभागी भएको आरोप पनि लगाए । राज्य प्रायोजित आतंकवादको नमूना त्यही भएको उनको भनाइ थियो । उनले युद्धका हरेक मोर्चामा पाकिस्तानलाई धुलो चटाएको दाबी पनि गरे ।

प्रधानमन्त्री मोदीले पाकिस्तानमाथिको आक्रमण सफल र प्रभावकारी भएको र पाकिस्तानको आतंकवादी संरचनालाई भारतले ध्वस्त पारेको बताए । भारतले जम्मु कश्मिरमा आतंकवादी समूहलाई लक्षित गरी हवाई आक्रमण गरेको र ठूलो संख्यामा आतंकवादी मारिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले भारतको आक्रामक कारबाहीपछि पाकिस्तानले दुनियाँसँग गुहार मागेको दाबी गरे । ‘पाकिस्तानको तयारी सीमामा युद्ध गर्ने थियो तर, भारतले पाकिस्तानको छातीमै वार गरिदियो । भारतको ड्रोन, मिसाइलले सटिकताका साथ हमला गर्‍यो । पाकिस्तानी वायु सेनाको एयर वेस ध्वस्त गरिदियो ।’

जे कुरामा पाकिस्तानको घमण्ड थियो, भारतले पहिलो तीन दिनमै ध्वस्त पारिदिएको दाबी उनले गरे । ‘त्यसको पाकिस्तानलाई अन्दाज पनि थिएन, त्यसैले भारतको आक्रमक कारबाहीपछि पाकिस्तान बच्ने बोटो खोज्नतिर लाग्यो,’ उनले भने ।

पाकिस्तान रक्षात्मक स्थितिमा पुगेपछि भारतीय सेनाको डिजीएमओ (डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स) लाई पाकिस्तानले सम्पर्क गरेको उनले बताए । ‘त्यतिञ्जेल हामीले आतंकवादको संरचनाको ठूलो रुपमा ध्वस्त पारिसकेको थियौं, आतंककारीलाई मारिसकेका थियौंं’, उनले थपे, ‘पाकिस्तानको छातीमा बसाइएको आतंकको अड्डालाई खण्डहर बनाइसकेका थियौं ।’

भारतले गरेको कारबाहीमा एक सयभन्दा बढी खुंखार आतंकवादीलाई मारिएको दाबी प्रधानमन्त्री मोदीले गरेका छन् ।