३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई धूलो चटाएको मोदीको दाबी, आक्रमण स्थगन गरे पनि अन्त्य नभएको जिकीर



अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतंककारीका अड्डामा आफूहरुले आक्रमण स्थगन गरे पनि अन्त्य नभएको दाबी गरेका छन् ।

शनिबार दुई देशबीच भएको युद्धविरामपछि प्रधानमन्त्री मोदीले आज देशका नाममा सम्बोधन गर्दै अब पाकिस्तानको कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । उनले मारिएका आतंकवादीको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारी सहभागी भएको आरोप पनि लगाए । राज्य प्रायोजित आतंकवादको नमूना त्यही भएको उनको भनाइ थियो । उनले युद्धका हरेक मोर्चामा पाकिस्तानलाई धुलो चटाएको दाबी पनि गरे ।

प्रधानमन्त्री मोदीले पाकिस्तानमाथिको आक्रमण सफल र प्रभावकारी भएको र पाकिस्तानको आतंकवादी संरचनालाई भारतले ध्वस्त पारेको बताए । भारतले जम्मु कश्मिरमा आतंकवादी समूहलाई लक्षित गरी हवाई आक्रमण गरेको र ठूलो संख्यामा आतंकवादी मारिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले भारतको आक्रामक कारबाहीपछि पाकिस्तानले दुनियाँसँग गुहार मागेको दाबी गरे । ‘पाकिस्तानको तयारी सीमामा युद्ध गर्ने थियो तर, भारतले पाकिस्तानको छातीमै वार गरिदियो । भारतको ड्रोन, मिसाइलले सटिकताका साथ हमला गर्‍यो । पाकिस्तानी वायु सेनाको एयर वेस ध्वस्त गरिदियो ।’

जे कुरामा पाकिस्तानको घमण्ड थियो, भारतले पहिलो तीन दिनमै ध्वस्त पारिदिएको दाबी उनले गरे । ‘त्यसको पाकिस्तानलाई अन्दाज पनि थिएन, त्यसैले भारतको आक्रमक कारबाहीपछि पाकिस्तान बच्ने बोटो खोज्नतिर लाग्यो,’ उनले भने ।

पाकिस्तान रक्षात्मक स्थितिमा पुगेपछि भारतीय सेनाको डिजीएमओ (डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स) लाई पाकिस्तानले सम्पर्क गरेको उनले बताए । ‘त्यतिञ्जेल हामीले आतंकवादको संरचनाको ठूलो रुपमा ध्वस्त पारिसकेको थियौं, आतंककारीलाई मारिसकेका थियौंं’, उनले थपे, ‘पाकिस्तानको छातीमा बसाइएको आतंकको अड्डालाई खण्डहर बनाइसकेका थियौं ।’

भारतले गरेको कारबाहीमा एक सयभन्दा बढी खुंखार आतंकवादीलाई मारिएको दाबी प्रधानमन्त्री मोदीले गरेका छन् ।