५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेशसभा सदस्यसँग आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट ‘भर्चुअल’ बैठक गर्दै एमालेले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यसँग छलफल गरेको हो ।

बैठकमा पार्टी उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केन्द्र सरकारको तर्फबाट अवलम्बन गरिएका सोच र प्रदेशले बजेट तयार गर्दा ध्यान दिनुपर्ने विषयबारे धारणा राख्नुभएको थियो ।

बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले नीति तथा कार्यक्रम र बजेट परिमाणमुखी, जनमुखी बनाउन निर्देशन दिनुभयो । छलफलमा सातै प्रदेशका नेकपा एमाले प्रदेशसभा दलका नेता र मुख्यमन्त्रीहरूले विचार राख्नुभएको थियो । रासस