२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

ठिमीमा जेसुम यात्रा: संस्कृति र सम्पदा उजागर गर्ने प्रयास

ठिमीमा जेसुम यात्रा: संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
अ अ+ अ-

भक्तपुर। जेसुम यात्रा’ स्थानीय सम्पदा र संस्कृृतिलाई सृजनाका माध्यमबाट प्रवर्द्धन गर्ने र समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले सुरु भएको एक अभियान हो ।

स्रष्टाहरूको एक स्वतन्त्र समूहको अगुवाइमा सात वर्षअघि यो अभियान सुरु भएको हो । पदयात्रा, स्थानीय सम्पदा अवलोकन अनि सृजना । चित्रकारले क्यानभासमा, साहित्यकारहरूले शब्दमा अनि रङ्गकर्मीहरूले अभिनयमा आफ्ना बुझाई प्रस्तुत गर्नु यस अभियानको विशेषता हो । पछिल्लो श्रृङ्खलाअन्तर्गत भक्तपुरस्थित सम्पदा सहर मध्यपुरथिमिमा आज यस्तै गरियो ।

बिहानै मध्यपुरथिमिस्थित शङ्खधर साख्वा चोकमा भेला भएका साहित्यकार, लेखक, पत्रकार र चित्रकारहरूको समूहले थिमि उकालो हुँदै मल्लकालीन बालकुमारी मन्दिर, लोकेश्वर, लायकु दरबार, गङ्गा महारानीको पालामा निर्मित निगूपुखू (दुई पोखरी), दिगु भैरव, सिद्धिकाली, चापाचो (पोटरी स्क्वायर) अवलोकन ग¥यो ।

त्यसपछि गार्चा हुँदै नगदेशको तिकीझ्याः (सुनको आँखी झ्याल), सिद्धिगणेश, बोडेस्थित पलेस्वाँ पुखू (कमल पोखरी), पाँचो गणेश (जिब्रो छेड्ने जात्राको उद्गमस्थल) लगायतको सम्पदा क्षेत्र अवलोकन गर्दै स्रष्टाहरूको समूह कुमारी मन्दिर पार्क पुगेको थियो ।

मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ र राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले थिमिको सम्पदा, संस्कृति, जात्रा परम्परा र इतिहासबारे स्रष्टाहरूलाई प्रष्ट्याउँदै पथप्रदर्शकको भूमिका निर्वाह गर्नुभएको थियो । कुमारी मन्दिर पार्कमा पुगेपछि चित्रकारहरूले क्यानभास रङ्ग्याउन थाले भने साहित्यकारहरूले कविता कोर्न थाले ।

बाहिर देखिने थिमि अर्कै, भित्र देखिने थिमि अर्कै रहेछ”, जेसुम यात्राका परिकल्पनाकार एवं संस्थापक संयोजक कवि अनिता लामाले भन्नुभयो, “थिमिभित्र पसेपछि इतिहासको कुनै कालखण्डमा पसेको अनुभुति भयो ।”

बूढानीलकण्ठ नगरपालिकाका उप्रप्रमुखसमेत रहनुभएका साहित्यकार लामाले व्यस्तताका बाबजुद समाज, राष्ट्र र राष्ट्रिय संस्कृतिलाई चिन्न जेसुम यात्रालाई निरन्तरता दिइरहेको बताउनुभयो । बौद्ध र नेवार सभ्यता मिसाएर कविता लेख्नुभएकी उहाँलाई पछ्याउँदै यात्राका संस्थापकसमेत रहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थिमिको सांस्कृतिक सम्पदामाथि अनुभव मिसाउँदै कविता सुनाउनुभयो ।

यही क्रमलाई वरिष्ठ साहित्यकार स्नेह सायमी हुँदै कवि रामगोपाल आशुतोष, अस्मिता मानन्धर, फूलमान वल, घनश्याम खड्का, दिपेन्द्र बनेपाली, रजनी मिला, ज्ञानराम श्रेष्ठ र सातपटकसम्म निरन्तर जिब्रो छेडेका संस्कृतिप्रेमी बुद्धिकृष्ण वागाः श्रेष्ठ लगायतले निरन्तरता दिनुभयो ।

यस्तै, चित्रकारहरू चन्द्रा श्रेष्ठ, दिपेन्द्रमान बनेपाली, सरितादेवी मण्डललगायतले थिमिको सम्पदालाई क्यानभासमा उतार्नुभयो । चन्द्राले मन्दिरलाई पृष्ठभूमिमा राखेर कुची चलाउनुभयो भने दिपेन्द्रमानले स्नेह सायमीको कविता ‘चश्मा र आँखा’ लाई थिमिको सम्पदासित जोडेर दृश्यमा उतार्नुभयो । सरितादेवी आफैँमा मिथिला चित्रकार हुन्हुन्छ, यसपटक भने उहाँले मिथिला र थिमिको जनजीवन र कृषि परम्परालाई मिथिला इफेक्ट दिएर क्यानभास सजाउनुभयो ।

‘गजब रहेछ जेसुमको सौन्दर्य’ कविता सुन्दै चित्र अवलोकन गरिसकेपछि मध्यपुरथिमिका पूर्वनगरप्रमुख श्रेष्ठले भन्नुभयो, “यो अभियानबारे धेरैपटक सुनेको थिएँ, आज सहभागी हुन पाएँ । यस्तो सकारात्मक अभियानलाई सबैले सघाउनुपर्छ । हामी आजका सबै सृजना समेटेर किताब निकाल्न तयार छौँ ।”

अभियानका संस्थापकमध्ये एक बस्नेतले काभ्रेको धुलिखेलस्थित हजार सिँढीबाट सुरु भएको अभियान नगरकोट, धनकुटा, बूढानीलकण्ठ, चन्द्रागिरि, अनन्त लिङ्गेश्वरलगायत विभिन्न थलो हुँदै थिमि आइपुगेको जानकारी दिनुभयो । “मौलिक संस्कृति, कला, साहित्य प्रवर्द्धन गर्दै समाजमा फैलाउन थालिएको नकरात्मक सोच हटाई नेपाली राष्ट्रिय संस्कृति निर्माणको यो एउटा पाइला हो”, उहाँले भन्नुभयो ।

यात्रामा स्रष्टा लक्ष्मी माली, शशि लुमुम्बू, अनन्त वाग्ले, जयन्ती स्पन्दन, कल्पना श्रेष्ठ, नन्दु उप्रेती, रजनी मिला, सुन्दर शिल्पकार, रामदत्त मिश्र, डम्बर मिश्र, सङ्गीतकार अशोक राई, वसन्त मुकारुङलगायत सहभागी हुनुहुन्थ्यो । रासस