३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतद्वारा सुदीपको परिवारलाई भेट, दोषीलाई कारबाहीको आश्वासन



अ+ अ-

काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारलाई नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

राजदूत श्रीवास्तव आइतबार रुपन्देहीस्थित सुदीपको निवासमा पुगेर शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन् । भेटका क्रममा उनले भारत सरकार दोषीलाई न्यायको कठघरामा ल्याउने विषयमा दृढ रहेको स्पष्ट पारेका छन् । ‘पीडित परिवारहरूलाई न्याय दिलाइनेछ,’ श्रीवास्तवको भनाइ उद्धृत गर्दै काठमाडौँस्थित भारतीय दूतावासले भनेको छ ।

घुमघामका लागि पहलगाम पुगेका सुदीपलाई हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेका थिए । उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो। भारत सरकारले घटनापछि पाकिस्तानस्थित आतंकवादी अखडालाई लक्षित गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य अभियान सञ्चालन गरेको थियो । उक्त कारबाहीमा आतंकवादी संरचनालाई परास्त गरिएको भारतको दाबी छ ।