२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आज झनै सान्दर्भिक : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धले दिएका मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आज पनि झनै सान्दर्भिक रहेको बताउनुभएको छ ।

शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको बताउनुभयो । ‘उहाँका शिक्षाहरुले हामीलाई आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि प्रेरणा प्रदान गर्दछन् । बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ,’ भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो जीवन र कर्ममा शान्ति, सहिष्णुता र दयाको भावना अँगाल्दै हामी सबैले समतामूलक, न्यायपूर्ण र सम्भव समाज निर्माणतर्फ अग्रसर हुन सकौं भन्ने शुभेच्छासमेत व्यक्त गर्नुभएको छ ।